आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री

२०८२ बैशाख १२, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विपतमा जस्तै सुशासन र विकासका काममा पनि राष्ट्रिय एकता हुनुपर्ने बताएका छन् । शुक्रबार महाभूकम्प गएको स्मरणमा काठमाडौँको धरहरामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धालाई स्वस्थताको माध्यमबाट अघि बढाउनुपर्दछ’, उनले भने, ‘आलोचना स्वागत छ तर आलोचना सत्य तथ्य र रचनात्मक हुन पनि जरुरी छ ।’

उनले झुट र भ्रामक तथा नेपाली समाजलाई भाँड्ने नभई राष्ट्रिय एकतामा आधारित आलोचना हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार