हामी सत्तामुखी भयौँ, जनतामुखी हुन सकेनौँ : पोखरेल

२०८३ श्रावण ११, सोमबार

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको वर्तमान अवस्थाप्रति खुला आत्मालोचना गर्दै आन्तरिक कमजोरीकै कारण एमालेले इतिहासकै ठूलो राजनीतिक पराजय बेहोरेको स्वीकार गरेका छन्।

उनले अब पार्टीमा वैचारिक पुनर्गठन, शुद्धीकरण र जनतामुखी रूपान्तरण अपरिहार्य रहेको बताएका छन्। लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित ‘मिशन पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले नेतृत्वले समयमै कमजोरी सच्याउन नसक्दा कार्यकर्तामा चरम निराशा फैलिएको बताए।

‘हाम्रै कमजोरीले यो अवस्था आएको हो। कमजोरी कहाँ छन् भन्ने सूचना आएको थियो, तर समयमै समाधान गर्न सकिएन। अब वैचारिक पुनर्गठन आवश्यक छ। पार्टी जीवनमा यो सबैभन्दा ठूलो पराजय हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार