काठमाडौँ : इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) का अनुसार इक्वेडरको तट नजिकै शुक्रबार साँझ ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्प २३ किलोमिटर (१४.२९ माइल) को गहिराइमा रहेको ईएमएससीले जनाएको छ।

भूकम्पबाट भवनहरू क्षतिग्रस्त भएका छन् भने हताहतको तत्काल कुनै रिपोर्ट प्राप्त नभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।





