काठमाडौं : स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएका छन्।
शनिबार बिहान ८ बजेतिर पोखरेल आफैँले चलाएको स्कुटर ब्रेकफेल हुँदा हेटौंडा उपमहानगरपालिका-५ स्थित पुष्पलाल पार्कअगाडि दुर्घटनामा परेको हो। बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।
अध्यक्ष पोखरेलको अचेत अवस्थामा हेटौंडा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उनको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको छ।





