सत्तारुढ दलको बैठक बालुवाटारमा बस्दै

२०८२ बैशाख १७, बुधबार

काठमाडौँ : सत्तारुढ दलको बैठक बस्दै छ ।

बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन्। बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार