ओलीले बोलाएको बैठकमा गएनन् प्रचण्ड

२०८२ बैशाख १८, बिहीबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शीर्ष नेताहरुको बैठकमा नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन्।

सिंहदरबारमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बोलाइएको थियो। संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरुलाई बोलाइएको थियो। ओली र देउवाले सिंहदरबारमा छलफल थाले पनि प्रचण्ड भने सहभागी भएनन्।

सरकारले गर्ने गलत काममा आफूलाई मुछ्नेगरी बोलाउने गरिएको भन्दै आजको छलफलमा नगएको प्रचण्डको सचिवालयले बतायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार