काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ८४ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१० रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।





