नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद

२०८२ बैशाख २४, बुधबार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद साउदले यस्तो बताएका हुन् । उनले केही वर्षदेखि मुलुकको अर्थव्यवस्था शिथिल अवस्थामा रहेको बताए ।

सांसद साउदले आर्थिक सुधारको लागि सरकारले केही महत्त्वपूर्ण कदम चाल्नु पर्ने र बलियोसँग हिँड्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । सरकारले ल्याउने बजेट छरिने गरी ल्याउन नहुने बताए ।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण छ । केही वर्षदेखि मुलुकको अर्थव्यवस्था शिथिल अवस्थामा छ । आर्थिक सुधारको लागि सरकारले केही महत्त्वपूर्ण कदम चाल्नुपर्ने र बलियोसँग हिँड्नुपर्ने आवश्यकता छ,‘ सांसद साउदले भने,‘ यो सरकारको नीति तथा कार्यक्रम थप प्रभावकारी बनाएर लैजानुपर्छ । सरकारले ल्याउने बजेट छरिनु हुँदैन । विगतमा स्रोत सुनिश्चित नभई भनसुन र राजनीतिक दबाबमा बजेट लगेको उदाहरणहरू छन् । आगामी बजेटमा त्यो पुनरावृत्ति नहोस् । सङ्घीयता अनुरूप आयोजनाहरू आउनुपर्छ ।’

उनले शिक्षाको विषयमा विद्यालयहरू साझेदारी गरेर विद्यालय सञ्चालन गर्ने भनेकाले मोडिलीटी बनाउनुपर्ने बताए । उनले लामो समय सुकुम्बासी समस्या राजनीतिक भएकाले पीडितहरूको समस्या समाधान गर्न आवश्यक रहेको बताए । सांसद साउदले कृषि क्षेत्रलाई सुधार गरी कृषिमा आत्मनिर्भर बन्ने गरी कार्यक्रमहरू ल्याएर उचित बजेट विनियोजन गर्न आवश्यक रहेको बताए ।

उनले शान्ति प्रक्रियालाई राजनीतिक दाउपेचका रूपमा राख्न नहुने भन्दै समाधान दिने दिशामा जानु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार