भ्यान दुर्घटना हुँदा असई खतिवडाको मृत्यु

२०८२ बैशाख २७, शनिबार

काठमाडौं : सुनसरीको दुहबीमा पिकअप भ्यान दुर्घटना हुँदा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

दुहबी नगरपालिका– ३ फुटानी चौकमा भ्यान अनियन्त्रित भइ दुर्घटना हुँदा त्रियुगा नगरपालिका– ८ राजाबासका ३० वर्षीय असई बिरोध खतिवडाको मृत्यु भएको हो । विराटनगर सडक खण्डमा इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भ्यान अयिनन्त्रित भइ बारमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा भ्यानमा सवार खतिवडाको टाउको र शरिरका अन्य भागमा चोट लागेको थियो । उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।

भ्यानमा सवार उदयपुर, चौदण्डीगढी नगरपालिका– ६ का ३८ वर्षीय सुरेश कार्की र १४ वर्षीय रोजिना कार्की घाइते भएका छन् । सुरेश चालक हुन् । रोजिना चालककी छोरी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार