काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरी पक्राउबारे छानबिनको माग गरेको छ। नागरिक उन्मुक्तिका नेता गंगाराम चौधरीले भने, ‘हाम्रो संरक्षक पक्राउ किन पर्नुभयो, यसबारे छानबिन हुनुपर्छ। सत्यतथ्य बाहिर आउनुपर्छ।’
संरक्षक रेशम चौधरी गत वैशाख १७ गते नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका थिए। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटिसकेका छन्। तर, नागरिक उन्मुक्तिले भने छानबिनको माग गरेको हो।
नागरिक उन्मुक्ति त्यो दिन डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा गर्न ठिक्क परेको थियो। तर, संरक्षक नै पक्राउ परेपछि रोकियो। कार्यक्रम स्थगित भयो।





