विवाह भएको ८ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद

२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौँ : अन्तत: अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्ध विच्छेद भएको छ। गत भदौमा बिहे गरेका उनीहरूले बिहे गरेको आठ महिनामै डिभोर्स गरेका हुन्।

अरुणिमाले गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्धविच्छेदको मुद्धा दायर गरेकी थिइन्। युवराजले गत आइतबार अर्थात वैशाख २८ गते सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेका हुन्। जुन कुरा स्वयम युवराजले टिकटक लाइभमा पृष्टि गरे।

हालै टिकटक लाइभमा युवराजले भने, ‘मैले बैशाख २८ गते दिनको ४:१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ। जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो छट्टियो, सक्कियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’

बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका युवराज नेपाली कांग्रेसका नेता हुन्। अरुणिमाले युवराजलाई आफूसँग ढाँटेर बिहे गरेको आरोप लगाएकी थिइन्।

अरुणिमाको यो दोस्रो बिहे थियो। यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन्। पहिलो बिहे असफल भएपछि अरुणिमाले युवराजसँग मागी बिहे गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार