तनहुँमा बस र टिपर ठोक्कियो, सात जना घाइते

२०८२ जेष्ठ ६, मंगलवार

काठमाडौं : रुकुमपश्चिमबाट आएको बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बस चालकको अवस्था गम्भीर छ । प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका–१ डुम्रे नजिक ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले यम्पाबाट डुम्रे आउँदै गरेको टिपर र रुकुमबाट काठमाडौं जाँदै गरेको बस ठोक्किएको पुष्टि गर्दै दुर्घटनाको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ । प्रहरीका अनुसार सो टिपर मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजनाको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार