अमेरिका पठाइदिन्छु भन्दै ५५ लाख ठग्ने युवक पक्राउ

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : अमेरिकामा आकर्षक जागिरको लोभ देखाउँदै एक बेरोजगार युवासँग ५५ लाख रकम लिएर ठगी गर्ने रुकुम पश्चिमका एक युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ पोखरीका ३० वर्षीय शक्ति खड्कालाई पक्राउ गरेको हो। खड्कालाई शुक्रवार काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक(एसपी) काजीकुमार आचार्यले जानकारी दिए।

खड्काले अमेरिका लैजाने भन्दै झुक्यानमा पारेर रकम असुली विदेश नपठाएर सम्पर्क विहीन भएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा पक्राउ गरेको एसपी आचार्यले बताए। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार