महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

२०८२ जेष्ठ ११, आईतवार

काठमाडौँ : तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् ।

उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा बस्ने जाजरकोट स्थायी घर भएकी शाही आइतबार दिउँसो १:५० बजे मृत फेला परेकी हुन्। कोठाभित्रबाटै बन्द गरेको अवस्थामा उनी मृत फेला परेको भक्तपुरका एसपी माधव बुढाथोकीले बताए।

उनका श्रीमान् चित्रजंग शाही भने उपत्यका बाहिर रहेको र उनलाई खबर गरिसकेको पनि बुढाथोकीले बताए। उनका छोराछोरी विदेशमा छन्।कोठा भित्रैबाट बन्द गरेको अवस्थामा घरधनीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा उनी कोठाभित्रै घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। उनको शरीरमा अन्य चोट देखिएको छैन।

उनी बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरको पहिलो तलामा मृत फेला परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार