काठमाडौं : सनराइजर्स हैदराबादले डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर)लाई ११० रनले पराजित गर्यो। यो जितसँगै हैदराबादले सिजनको अन्त्य गरेको छ।
आइतबार दिल्लीको अरुण जेटली रंगशालामा खेलिएको यस खेलमा हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाउँदै २७८ रन बनाएको थियो। यो आइपिएलमा तेस्रो उच्च स्कोर हो। जवाफमा कोलकाता १८.४ ओभरमा १६८ रनमा अलआउट भयो। सनराइजर्सका लागि जयदेव उनाडकट, इशान मालिंगा र हर्ष दुबेले समान तीन विकेट लिए।
यो खेलसँगै आइपिएल २०२५ मा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सको यात्रा समाप्त भयो। हैदराबाद १४ खेलमध्ये ६ मा जित र सात खेलमा हारसहित छैटौं स्थानमा रह्यो। यसैबीच, केकेआर पाँच जित र सात हारसहित आठौं स्थानमा रह्यो। हैदराबादले केकेआरलाई ११० रनले पराजित गर्दै आफ्नो दोस्रो ठूलो जित दर्ता गर्यो।





