काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँछ । सो बैठक साेमवार बिहान ९:०० बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ ।
समसमायिक राजनीतिक बिषय तथा गृह मन्त्री रमेश लेखक भिजिट भिषा प्रकरणमा बिबादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।
पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।





