बाजुरामा जीप दुर्घटना अपडेट: टेलिकमका प्रमुखसहित तीन जनाको मृत्यु

२०८२ जेष्ठ १३, मंगलवार

बाजुरा : जगन्नाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरूको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ। नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जीप दुर्घटना भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार