यामाल अझै ६ वर्ष बार्सिलोनामै रहने

२०८२ जेष्ठ १४, बुधबार

काठमाडौँ : क्याटलान क्लब बार्सिलोनालाई घरेलु ट्रबल उपाधि जित्न सहयोग गरेका युवा खेलाडी लामिन यामाल आगामी ६ वर्ष बार्सिलोनामै रहने भएका छन्।

यामालले ब्रेकआउट सिजनपछि बार्सिलोनामा ६ वर्ष रहनका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन्।  १७ वर्षीय स्पेनी विंगर यामाल र बार्सिलोनासँग २०२५–२६ को सिजनको अन्त्यमा सम्झौता सकिने थियो। तर बार्सिलोनाले यामालसँगको सम्झौता अवधि ६ वर्षका लागि थप गरेको हो।

नयाँ सम्झौता अनुसार यामाल अब सन् २०३१ सम्म बार्सिलोनामा नै रहने भएका छन्। बार्साले क्लबका अध्यक्ष जोन लापोर्ता र खेलकुद निर्देशक डेकोको उपस्थितीमा मंगलबार नयाँ सम्झौतामा हस्ताक्षर भएको हो।

सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सामा डेब्यु गरेका यामालले ला लिगा, कोपा डेल रे र स्पेसिन सुपर कप जित्न टोलीलाई सहयोग गरेका थिए। बार्साले ट्रेबल उपाधि जित्दा यामालले ५५ खेलमा १८ गोल र २५ असिष्ट प्रदान गरेका थिए।

यामालले स्पेनका लागि १९ खेल खेलेका छन्।  ला मासिया एकेडेमीबाट आएका यामालको तुलना लियोनल मेस्सीसँग हुँदै आएको छ। बार्सिलोनाले गत साता अघि मात्र आगामी सिजनका लागि प्रशिक्षकमा हान्सी फ्लिक र ब्राजिलका फरवार्ड राफिन्हासँग पनि सम्झौता नविकरण गरिसकेको छ।

बार्सिलोनाले हान्सी फ्लिकसँगको सम्झौता २ वर्षका लागि थप गरेको छ। हान्सी फ्लिक सन् २०२७ सम्म बार्सिलोनामा रहनेछन्। बार्साले राफिन्हासँगको सम्झौता भने सन् २०२८ सम्मका लागि नविकरण गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार