ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं : कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार राति कृष्णपुर नगरपालिका- २ वाणीस्थित ४ नम्बर गल्ली नजिक भित्री सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक वाणी शिविरका २३ वर्षीय आशिक रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति ८ बजेतिर वाणीमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको से २ त २५३ नम्बरको ट्याक्टर र विपरित दिशातर्फ जाँदै गरेको से ३ प ४९७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक राना र मोटरसाइकलमा सवार वाणीकै १७ वर्षीय विक्रम चौधरी घाइते भएका थिए। गम्भीर घाइते चालक रानाको उपचारको क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का घाइने चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्याक्टर र चालक कृष्णपुर नगरपालिका ४ बेलकुण्डीका ४५ वर्षीय तेज बहादुर डगौँरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार