रोकिराखेको ट्रकमा आगलागी

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : महेन्द्र राजमार्ग अन्तर्गत कावासोतीमा सोमबार एक ट्रकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीको थकालीचोक नजिक कालिगण्डकी अस्पताल अगाडि रोकिरहेको ट्रकमा आगलागी भएको हो । -ट्रकको अगाडिको भाग जलेको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगले आगलागी भएको केही बेरमै निभाइएको थियो ।

सोमबार बिहान ०५३७ नम्बरको ट्रकको अघिल्लो भागमा आगलागी भएको हो । इन्जिन तातेर आफैं आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार