सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दिर्घराज सोडारीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेकपा एसका नेता समेत रहेका साेडारीविरूद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । सोडारीविरुद्ध अख्तियारले १ करोड ८ लाख ३८ हजार रुपैयाँभन्दा बढी गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । सुदूरपश्चिम प्रदेशको पूर्व मुख्यमन्त्री सोडारीकी पत्नी गीता सोडारी यसअघि नै नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा दोषी ठहर भइसकेकी छिन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गीता सोडारीलाई दोषी ठहर गरेको हो । गीतालाई ६ महिना कैद र १० हजार जरिवाना हुने विशेष अदालतको फैसला गरेको थियो । श्रीमती भ्रष्टाचारी ठहर भएको एक वर्ष पुग्न लाग्दा पूर्व मुख्यमन्त्री सोडारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री र भौतिक पूर्वाधार मन्त्री हुँदै मुख्यमन्त्री भएका सोडारीलाई अकुत सम्पत्ति आर्जन गरेपछि भ्रष्टाचारमा मुद्दा दायर भएको हो । सोडारीले छोरा बबी सोडारीको नाममा समेत जग्गा खरिद गरेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार