कांग्रेस-एमालेले संविधान संशोधन गर्ने वाचा बिर्सिए : गगन थापा

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने वाचा बिर्सिएको बताएका छन्।

उनले दुवै पार्टी सत्ता सञ्चालनमा तल्लीन हुँदा सात बुँदे सहमतिको मूल मर्ममै बेवास्ता भएको आरोप लगाए। ‘कांग्रेस र एमालेले ७ बुँदा सहमति गर्दै संविधान संशोधनको वाचा गर्‍यो। तर, आज त्यो वाचा पूरा गरिरहेका छैनौं। हामी यति मस्त भयौं कि संविधान संशोधनको मुख्य वाचा बिर्सियौं,’ महामन्त्री थापाले भने।

उनले सत्ता सन्तुलनका लागि आवश्यक संविधान संशोधन प्रक्रियालाई ढिलाइ गर्नु नागरिकप्रति बेइमानी हुने भन्दै तत्काल संशोधन कार्य प्रारम्भ गर्नुपर्ने बतए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार