काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको म झोले हुँ अभियानको विरोध गर्नेहरूलाई सात बुँदामा जवाफ दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टीको म झोले हुँ अभियानको विरोध गर्नेहरूलाई नवाफ दिएको हुन्।
उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि एमालेको झोला गौरवका साथ बोक्न पनि आग्रह गरेका छन्।प्रतिकृयावादीहरुले एमालेको विरुद्धमा सिर्जना गरेका सबै भ्रमहरूबाट मुक्त हुन पनि आग्रह गरेका छन्।
यस्तो छ उनको जवाफ:
नेकपा(एमाले) को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि:
१ मार्क्सवादी दर्शन: द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त
३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको मान्यता
४ नेपालको राष्ट्रिय हितमा आधारित असंलग्नता र पञ्चशीलको सन्तुलित परराष्ट्र नीति
५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रिकरणको नयाँ मान्यता
६ जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको परम्परा
७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र
आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि नेकपा (एमाले) को झोला गौरवका साथ बोकौँ । प्रतिकृयावादीहरुले नेकपा (एमाले) का विरुद्धमा प्रतिकृयावादी र प्रतिगामीहरूले सिर्जना गरेका सबै प्रकारका भ्रमहरूबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौँ ।





