अख्तियारले माधव नेपालविरुद्ध मुद्दा चलायो, यसको परिणाम ओलीले पनि भोग्नुपर्छः मेटमणि चौधरी

२०८२ असार ३, मंगलवार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले संसद् चल्न नदिनु उचित नहुने बताएका छन् ।  नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उनले संसद अवरोध गर्ने कुरा उचित नहुने बताएका हुन् । जनताको माग र मुद्दाको बारेमा छलफल हुने संसद्लाई बन्धक नाइन नहुने उनले बताए ।

नेता चौधरीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई अहिले नै निर्दोष र दोषी करार गर्न नसकिने बताए । ‘दोषी र निर्दोष म केही पनि भन्न सक्दिनँ । उहाँलाई निर्दोष वा दोषी कसरी करार गर्न सकिन्छ भन्नुस् त ? अनेकखालको प्रुफहरु होलान् नि त । सबैखालका प्रुफहरु अध्ययनपछि मात्रै हाीले भन्नसक्ने कुरा हुन्छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध दायर भएको मुद्दामा असन्तुष्टि व्यक्त गरे । नेपालले अख्तियारको गलत अभ्यास गरिरहेको उनको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफू शासनमा हुँदा रजगज गर्ने, सबै खालको संवैधानिक निकायहरुलाई उपयोग गर्ने, हिजोदेखिको जुन नजिर छ, त्यसलाई निरन्तरता दिने काम गरेको उनले बताए । अख्तियार प्रमुख प्रेम राईले केपी ओलीको निर्देशन मानेर माधव नेपालविरुद्ध मुद्दा दायर गरेको उनको दाबी छ ।

‘अख्यिार प्रमुख प्रेम राईलाई केपी ओलीले नियुक्ति गरेको हो । आज माधव नेपालमाथि सबैभन्दा धेरै रिस उठेको केपी ओलीलाई नै हो । यसैबेला रिस साँध्न सकिन्छ, एकीकृत समाजवादीलाई कमजोर बनाउन सकिन्छ कि भनेर उनको कुरा हो । उनको निर्देशनलाई अख्तियारले मान्यौ, अख्तियार प्रमुखले मान्नुभयो । त्यसपछि मुद्दा चलाउने प्रयास गर्नुभएको यसको रिजल्ट केपी ओलीले पनि भोग्नुपर्छ,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार