दुईवटा मोटरसाइकल र ट्रक ठोक्किँदा एकको मृत्यु

२०८२ असार ९, सोमबार

काठमाडौं : काठमाडौंमा दुईवटा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। गए राति काठमाडौंको ढुंगेअड्डामा दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा हुम्लाका धीरेन्द्र भियालको मृत्यु भएको प्रहरीले जनाएको छ।

वर्ष २२ का भियालको उपचारका क्रममा सहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको हो। ५० वर्षका मुक्तिनारायण श्रेष्ठ घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेको छ। सहिद मेमोरियल अस्पताल कलंकीमका उनको उपचार भइरहेको प्रहरी बृत्त थानकोटले जानकारी दिएको छ।

गए राति ८ बजेर २५ मिनेट जाँदा काठमाडौंको ढुंगेअड्डास्थित कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको ना ६ ख ८६७४ नम्बरको ट्रक तथा बा.प्र.०२–०४९ प ४९५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ६३ प २०७७ नम्बरको अर्को मोटरसाइकल आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार