हनिमुन हत्या प्रकरण: सोनम लुकेको भवनका मालिक र गार्ड पनि पक्राउ

२०८२ असार ९, सोमबार

काठमाडौँ : मेघालय हनिमुन हत्या प्रकरणमा शिलोङ प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश इन्दौरका यातायात व्यवसायी राजा रघुवंशी मारिएको घटनामा प्रहीले उनकी पत्नी लुकेर बसेको भवनका मालिक र गार्डलाई पनि नियन्त्रणमा लिएको हो।

शिलोङ प्रहरीले यस इन्दौरका घरजग्गा व्यापारी सिलोम जेम्स र उनको भवनका गार्ड बलवीर उर्फ ​​बल्लुलाई पक्राउ गरेको हो। मेघालयमा पति राजा रघुवंशीको हत्यापछि सोनम इन्दौर फर्केर बन्दै गरेको एउटा नयाँ भवनमा फ्याट नै भाडामा लिएर १४ दिन बसेकी थिइन्। जुन भवन सिलोमको हो भने सोनम बसेका बेला गार्ड बल्लु ड्युटिमा खटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार