काठमाडौं : पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्ने बताएका छन् ।
न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा आज भएको थुनछेक बहसका क्रममा वरिष्ठ अधिवक्ता पन्तले हदबन्दी भन्दा बढी जग्गा राख्न दिनका लागि माधव नेपालले मन्त्रिपरिषद्को दुरुपयोग गरेको जिकिर गरेका छन् ।





