फुङ्लिङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको निधन भएको छ ।
मुटुसम्बन्धी समस्या देखिएपछि उपचारका लागि सदरमुकाम फुङ्लिङतर्फ ल्याउँदै गर्दा शनिबार साँझ उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष साँवा लामो समयदेखि मुटुको रोगबाट पीडित थिए । शुक्रबारसम्म वडा कार्यालयको काममा सक्रिय उनको स्वास्थ्य शनिबार बिहानदेखि बिग्रन थालेपछि परिवारका सदस्यले उनलाई उपचारका लागि जिल्ला अस्पताल फुङ्लिङ ल्याउने क्रममा बाटोमा नै उनको निधन भएको हो ।
उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।









