काठमाडौं : नेपाली कराते स्टार एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् ।
उनले सिनियर महिला कुमिते +६८ केजीमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् । यही स्पर्धामा नेपालकै महिमा राईले कास्य पदक जितेकी छन् ।
एरिका नेपालका लागि गत वर्ष एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक तथा केही साताअघि भएको कराते १ प्रिमियर लिगमा पनि ऐतिहासिक कास्य पदक जितेकी थिइन् ।









