काठमाडौँ : सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । स्थानीय बासिन्दाले हल्का कम्पन महसुस गरेको बताएका छन् ।
आइतबार पनि मुगुको जिमामा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।










