मन्त्रिपरिषद्को निर्णयः नियुक्ति, बढुवा र मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म

२०८२ असार १६, सोमबार

काठमाडौं : मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ वटा निर्णयहरु गरेको छ । बैठकले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसचिवहरु रोहितकुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णयसमेत भएको छ । साथै, बैठकले असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोइमा हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार