काठमाडौँ : मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
समूह ‘ए’ अन्तर्गतको यो खेल क्वालालम्पुरको सेलांगर टर्फ क्लबमा बिहान पौने ८ बजेदेखि सुरु हुने भएको हो।नेपाल यसअघि खेलेका तीनै खेलमा विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा जापानविरुद्ध ९ विकेटको सानदार जित हात पारेको नेपालले तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराउँदै कीर्तिमानी जित दर्ता गरेको थियो।





