भारतीय प्रधानमन्त्री मोदीले पाँच देशको भ्रमण गर्ने

२०८२ असार १७, मंगलवार

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ देखि पाँच देशको भ्रमण गर्ने भएका छन्। यो आठ दिने भ्रमणमा उनी घाना, त्रिनिदाद र टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबिया पुग्नेछन्।

यस भ्रमणको क्रममा उनले ब्राजिलमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिनेछन्। प्रधानमन्त्री मोदी आफ्नो कार्यकालमा चौथो पटक ब्राजिलको भ्रमण गर्न लागेका हुन्।

जुलाई २ बाट सुरु हुने यस भ्रमणमा उनी पहिले घाना पुग्नेछन्। भारतका प्रधानमन्त्रीले ३० वर्षपछि घानाको भ्रमण गर्न लागेका छन्। मोदीले त्यहाँ घानाका राष्ट्रपतिसँग भेट गर्ने र दुई देशबीचको राजनीतिक र आर्थिक सम्बन्धबारे छलफल गर्ने जनाइको छ।

आफ्नो भ्रमणको अन्तिम चरणमा मोदी नामिबिया पुग्नेछन्। यो उनको नामिबियाको पहिलो भ्रमण हुनेछ र नामिबियाका राष्ट्रपति नेतुम्बो नन्दीसँग भारतको पहिलो द्विपक्षीय वार्ता हुने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार