रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा

२०८२ असार १८, बुधबार

काठमाडौं : स्पेनिस क्लब रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा इटालियन क्लब युभेन्ट्सलाई १-० ले हराउँदै रियलले अन्तिम ८ मा स्थान बनाएको हो । रियलको जितमा दोस्रो हाफमा गोन्जालो गार्सियाले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । उनले ५४औं मिनेटमा गोल गरेका थिए ।

रियलले खेलमा दर्जनबढी अवसरहरू सिर्जना गरेपन टार्गेटमा भने कमै शट राखेको थियो जहाँ गोलकिपर ग्रिगेरियोले सेभ गर्दै अग्रता बढाउनबाट जोगाएका थिए । युभेन्ट्सले पनि केही अवसरहरूको सदुपयोग गर्न सकेन ।

रियलले अब सेमिफाइनल प्रवेशका लागि बोरुसिया डर्टमुन्ड र मोन्टेरेबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार