गृहमन्त्रीले राजीनामा दिनैपर्ने रास्वपाको अडान

२०८२ असार २०, शुक्रबार

काठमाडौँ : संसद्को बजेट अधिवेशन अवरुद्ध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै थाकेको छैन। भिजिट भिसा प्रकरण उप्काएर जेठ १४ गतेयता सदन अवरुद्ध गर्दै आएको रास्वपाले आफ्नो अडान कायमै रहने निषकर्ष निकालेको छ।

बिहीबार (आज) रास्वपाको केन्द्रीय सचिवालय बैठक बसेको थियो। उक्त बैठकले अडान कायमै रहने निष्कर्ष निकालेको हो। ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडानबारे छलफल गरियो र पार्टीको अडान कायम राखी संसद्‌मा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने,’ प्रवक्ता मनीष झाले भने।

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण यतिकै छाड्न नहुने रास्वपाको माग छ। रास्वपाले यस सम्बन्धमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गरेको छ तर, सरकार भने त्यसका प्रति सहमति छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार