टोखामा गाडीको ठक्करबाट पठाओ चालकको मृत्यु

२०८२ असार २५, बुधबार

काठमाडौँ : काठमाडौंको टोखामा माइक्रोबसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। पठाओ चालक रहेका सोनाम योन्जनको मृत्यु भएको हो । टोखा नगरपालिका– ६ ग्राण्डि सडक खण्डमा बा।प्र–०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भइ हाल थलीमा बस्दै आएका २४ वर्षीय योञ्जनको शव अहिले ग्राण्डी अस्पतलामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार