त्रिविको उपकुलपतिमा दीपक अर्याल

२०८२ असार २५, बुधबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा. दीपक अर्याललाई नियुक्त गरेका छन्।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको सिफारिस समितिले असार २३ गते प्रा डा. खड्ग केसी, प्रा डा. दीपक अर्याल र प्रा डा. बिनिल अर्यालको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्रीले कुलपतिको हैसियतले बुधबार दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

त्रिवि ऐनअनुसार शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्य छनोट समिति गठन गरी उपकुलपति खोज्ने काम गरिएको थियो। निवर्तमान उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन। हालसम्म त्रिविका शिक्षाध्यक्ष प्रा डा. खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार