वीरगञ्जको खानेपानी सङ्कट समाधान गर्न प्रतिबद्ध छौँ : मन्त्री यादव

२०८२ असार २६, बिहीबार

वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

वीरगञ्ज महानगरमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा मन्त्री यादवले स्थानीय तहसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए । “वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध छ । स्रोत परिचालन, प्राविधिक सहायता र नीति निर्माणमा सरकारले कुनै कसर बाँकी राख्ने छैन”, उनले भने, “महानगरसँग सहकार्य गर्दै यहाँको पानीको समस्याको स्थायी समाधानको बाटोमा अघि बढाउने योजना छ ।”

महानगरका प्रमुख राजेशमान सिंहले पानीको अभाव भएका क्षेत्रमा ट्याङ्कीमार्फत आपूर्ति गर्दै आएको र ट्याङ्करमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको बताए । “पाइपलाइन पुगेका ठाउँमा धारा जडानको प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा डिप बोरिङको पहल भइरहेको छ”, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका अध्यक्ष हरि पन्तले खानेपानी संस्थानमार्फत धारा जडान गर्दा वडा कार्यालयमा लाग्ने दस्तुर केही समयका लागि निःशुल्क गराउन माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार