बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ असार २७, शुक्रबार

काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ ।

आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो। आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार  छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी २ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार