काठमाडौं महानगरको बजेट आइतबार आउने

२०८२ असार २७, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने भएको छ ।

मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए । शुक्रबार बसेको ४० औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो प्रस्ताव गरेका हुन् । आजै काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ ।

राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार