पीएसजीलाई ३-० ले पराजित गर्दै चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

२०८२ असार ३०, सोमबार

काठमाडौं : इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

अमेरिकाको मेटलाइफ स्टेडियममा गएराति भएको फाइनलमा चेल्सीले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३-० ले पराजित गर्दै उपाधि जित्यो। चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो । चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने यसै सिजन अनुबन्धित खेलाडी जोआओ पेड्रोले तेस्रो गोल थपे।

२२औं मिनेटमा पाल्मरले गोल गर्दै अग्रता दिलाएका थिए । ३०औं मिनेटमा उनैले दोस्रो गोल गरे । ४३औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल भएनन् र चेल्सीले युरोपियन च्याम्पियन टोली पीएसजीको चुनौती पन्छाएर उपाधि जित्न सफल भयो ।

यो चेल्सीको दोस्रो क्लब विश्वकप उपाधि हो। यसअघि सन् २०२१ मा पनि चेल्सीले यो प्रतियोगिता जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार