काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा कुनै दबाबमा परेर आफूले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगरेको दाबी गरेकी छन्। सोमबार (आज) मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भण्डारीले यस्तो दाबी गरेकी हुन्।
‘संसद् विघटनको कुराले मलाई पछ्याइरहन्छ। ०१७ सालको कुरा पनि आइरहन्छ। त्यसपछि आएर ०५१ सालको कुरा पनि आइरहन्छ। त्यस्तै गरेर म राष्ट्रपति हुँदा दुईपटक संसद् विघटन भएका छन्। त्यसलाई कुनै प्रेसर र दबाबभन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई मैले कार्यान्वयन मात्रै गरेको हो। जे व्यवस्था छ, त्यहीअुनसार गरेकी हुँ।त्यो दबाबको विषय थिएन, विधि र व्यस्थाअनुसार मन्त्रिपरिषद्को निर्णय मैले कार्यान्वयन गरेकी हुँ,’ उनले भनेकी छन्।





