पाँच सहसचिवको सरुवा, को कहाँ ?

२०८२ असार ३१, मंगलवार

काठमाडौं : गृह मन्त्रालयले पाँच सहसचिवको सरुवा/पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबारको निर्णयले सरुवा/पदस्थापन गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभाग, कालिकास्थानको महानिर्देशक बनाइएको छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि मन्त्रालयमा तानिएको छ । उनको स्थानमा सहसचिव नरहरि घिमिरेलाई पठाइएको हो । घिमिरे हाल खोटाङका प्रमुख जिल्ला अधिकारी छन् ।

यस्तै, गृह मन्त्रालयमा कार्यरत सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

sahasachip-1752580799.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार