जनकपुरधाम : लुटपाटमा संलग्न एक भारतीय नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । बुधबार मधुवनी देवधा–८ का २३ वर्षीय विजय मुखियालाई धनुषा प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उनीमाथि यही असार २० गते जनकनन्दनी गाउँपालिका १ का अजय कुमार गोइतको नगद दुई लाख १६ हजार, १२ लाख १० हजारको चेक र आइफोन १६ लुटपाट गरेको आरोप छ ।
गोइत बैंकमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकी मुखियाले पेस्तोल देखाई लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मुखिया पेशेवर लुटेरा रहेको धनुषाको एसपी नरहरि रेग्मीले बताए ।





