शक्तिशाली भूकम्पको झड्का

२०८२ श्रावण १, बिहीबार

काठमाडौं : अमेरिकाको अलास्कामा बिहीबार बिहान करिब सवा २ बजे तीव्र भूकम्पको झड्का महसुस गरिएको छ  ।

रेक्टर स्केलमा यसको तीव्रता ७.३ मापन गरिएको थियो । भूकम्पपछि राज्यका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिए पनि केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) अनुसार भूकम्प अलास्काको पपोफ टापु नजिकै स्यान्ड पोइन्ट क्षेत्रमा आएको थियो । यसको केन्द्र जमिनको सतहदेखि ३६ किलोमिटर गहिराइमा थियो । हालसम्म यस भूकम्पमा मानवीय क्षतिको कुनै जानकारी आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार