रामेछापमा युवतीमाथि खुकुरी प्रहार

२०८२ श्रावण १, बिहीबार

काठमाडौँ : रामेछापको उमाकुण्ड गाँउपालिका-६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।

बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

वर्षाको कारण सडक राम्रो नभएकोले सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सुनुवारलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए । उनको अवस्था नाजुक छ ।

खुकुरी प्रहारपछि फरार रहेका रजिन भाग्दै गरेको अवस्थामा उमाकुण्डकै भुजी भन्ने ठाउँबाट पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार