फिल्म ‘सिटामोल’को ‘मुटुभित्र खिल छ हजुर’ गीत सार्वजनिक

२०८२ श्रावण १, बिहीबार

काठमाडौँ : साउन २३ गते प्रदर्शन हुने फिल्म ‘सिटामोल’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘मुटुभित्र खिल छ हजुर’ बोलको गीत मर्मस्पर्शी छ।

सार्वजनिक गीतमा बाबुल गिरीको संगीत तथा स्वर छ। गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन्। गीतको भिडिओमा कलाकार सौगात मल्ल, बेनिशा हमालसहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित र संगीतबार बाबुल गिरी छन्। यसै गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली सिनेमामा विशेष भूमिकामा डेब्यु गरेका हुन्।

सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल र टिकटकमा हिट भएपछि निर्माण टिमले पुरा गीत सार्वजनिक गरेको हो। यो गीतले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ। राजबहादुर साने निर्देशित फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्‌को सहकार्यमा निर्माण भएको फिल्ममा सिमोस सुनुवारको प्रस्तुति छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार