आज पनि पूर्णरूपमा अवरुद्ध छन् यी ६ सडक, ५ वटा एकतर्फी

२०८२ श्रावण ५, सोमबार

काठमाडौँ : बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ।

बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग र रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ।

त्यसैगरि काठमाडौँको काठमाडौँ-नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन्।

अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहरीले जनाएको छ।

यी हुन् अवरुद्ध अवस्थाका र एकतर्फी चलेका सडक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार