साफ महिला यू-२० च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित

२०८२ श्रावण ५, सोमबार

काठमाडौं : नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको छ । यो हारले नेपाल तेस्रोपटक उपविजेता बनेको छ।

पहिलोपटक उपाधि जित्ने योजनामा रहेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको हो। बंगलादेशको जितमा स्ट्राइकर सागोरिकाले ह्याट्रिक गरिन्। उनले चार गोल गरेकी हुन्। प्रतियोगितामा उनको यो आठौँ गोल हो। प्रतियोगितामा नेपालको पूर्णिमा राईले १० गोल गरेकी छिन्। त्यस्तै, मीना देउवाको नाममा ७ गोल रहेको छ।

प्रतियोगितामा बंगलादेश च्याम्पियन बन्दा नेपाल उपविजेता भयो। भुटान तेस्रो हुँदा एकै खेल जित्न नसकेको श्रीलंका पुछारमा रहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार