काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पहिचानको राजनीति मुलुकको स्थायी एजेण्डा भएको बताएका छन् । पहिचानको राजनीतिबारे आफ्नो धारणा राख्दै उनले पहिचानको राजनीति मुलुकको मुख्य र स्थायी एजेण्डा भएको बताएका हुन् ।
उनले भने, पहिचानका मुद्दालाई हल गरेर नै राष्ट्रिय एकतालाई बलियो बनाउन सकिन्छ । राष्ट्रिय एकता बलियो भयो भने मात्र मुलुकलाई समृद्धिको मार्गमा लैजान सकिन्छ । पहिचानको आन्दोलन कहिले सशक्त र कहिले सुषुप्त रुपमा प्रकट हुन सक्छ । यसको आकार र स्वरुप बदलिन सक्छ । तर मुलुकमा पहिचानको आन्दोलन निरन्तर चलिरहने छ ।’
पछिल्लो समय नेपालको राजनीतिलाई भ्रष्टाचार, षड्यन्त्र, पपुलिज्मले गाँजेको भन्दै राजनीतिमा देखिएको अवसरवाद र मुद्दाप्रतिको विचलनले पहिचानको राजनीतिलाई कमजोर बनाएको उनी बताउँछन् । मौसमी पहिचानवादी र पहिचानको राजनीतिका नाममा जातिवादीहरु हावी हुनुले पनि पहिचानको आन्दोलनलाई क्षती पुर्याएको उनको भनाइ छ ।
नेकपा एमालेलाई प्रमुख पहिचान विरोधी दलको रुपमा किटान गरी पहिचानको आन्दोलनको नेतृत्व गरेकाहरु आज एमालेकै टाङमूनि टाउको लुकाइरहेका उनको आरोप छ । हिजो टाउँकोमा फेटा बाँधेर उत्पीडित समुदायको पहिचानको आन्दोलनमा होमिनेहरु आज ‘म पनि झोले’ भनेर गर्व गर्ने अवस्थामा पुगेको भनि उनले कटाक्ष गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
+1
+1
+1
+1
+1




